June 3, 2012

गजल १६ : कुरैकुरा

कति सुनाउँ सधैँ माया हराएको कुरा ।
कोही टाढा हुँदा मुटु चह्राएको कुरा ।।

पटक् पटक् यसैगरि घृणाले छुटिदाँ नि
उसैलाइ नै अझै मन पराएको कुरा ।

बन्द भयो भन्दा पनि मायाको अध्याय त्यो
सपनिमा उस्कै यादले कराएको कुरा ।

उर्जा हुनसक्छ भनि उस्को याद मलाइ
बिर्सिन त्यो निठूरीलाइ डराएको कुरा ।
(c)jhaluck

May 21, 2012

बन्दका सकारात्मक पक्षहरु #banda


सुरुवात गरुम् न आफुलाइ महान पत्रकार ठान्ने अलपत्रकार बिजयकुमारका शैलिमा :-

आजपनि सदाका बन्दहरुमा झैँ हिँडेरै कार्यालय आउनुपर्ने भयो । केहि बाध्यता र केहि रहरमा सम्बन्धित ठाँउ आइपुगेँ । त्यसबिचमा मैले यो बन्दका प्रभावहरुबारे आफैँभित्र एउटा बहस उत्पन्न गराउने प्रयत्न गरेँ सायद सफल पनि भएँ हुँला । म सकारात्मक सोच भएको मानिस भएकाले मैले बन्दका सकारात्मक पक्षहरुको आँकलन गरेँ । करिब आधा घण्टाको त्यस हिँडाइमा मैले धेरै बटुवाहरु मजस्तै हिँडिरहेका देखेँ । बन्दकर्ता पनि फाट्टफुट्ट देखेँ । सुरक्षाकर्मी साथीहरु पनि लस्करै बसेका भेटेँ । मैले त्यहाँ गरेका कुराकानी सुन्दा मलाइ लाग्छ नेपालीहरु प्रति मेरो बिगतको बिष्लेषण अझै पनि सान्दर्भिक छ ।

मैले बिगतदेखि नै भन्दै आइरहेको छु र फेरि पनि भन्न चाहन्छु कि नेपालीहरु सकारात्मक सोच नै राख्दैनन । सबै कुरालाइ नकारात्मक रुपमा हेर्ने बानीले पनि नेपालको आशातित प्रगति हुन सकेन भन्ने मेरो बिगत २० बर्षदेखि मैले पत्रकारिताका दौरानमा देखेको नेपाल, नेपाली मानसिकता र मेरा केहि अनुभवहरुले बताएका छन । 

मैले यहाँ के जोड दिन खोज्दैछु भने आमनेपालीहरुले सोचेजस्तो बन्द तेति नकारात्मक छैन । होला कुनै सबालहरुमा तर बन्द धेरै कारणले ठिक छ र यसले देश र समग्र बिश्वका नै बिबिध समस्याको निर्मूल गर्न पहलकदमी गर्छ भन्ने नै मेरो अहिलेको बिश्लेषण हो । म यहाँ बन्दका सकारात्मक पक्षहरुलाइ बुदाँगत रुपमा प्रश्तुत गर्न चाहन्छु ।

May 20, 2012

भो बन्द आव्हान नगर #NO_BANDA


मेरा अप्रिय मित्रहरू हो !
मलाइ यो देशको माया लाग्छ
कृपया,
मेरो मुटुमा ताला लगाइदेउ
अनि मायाको अंकुरण हुनेछैन ।
तिमी जति बन्द गर तेसपछि
मलाइ मतलब हुनेछैन ।
तर,
यथास्थितिमा तिमी बन्द आव्हान नगर ।
मेरो मुटुभरि यो देशको माया छ ।
बिष्फोट भयो भने. . .
तिमीलाइ राम्रोसँग थाहा छ ।
भो बन्द आव्हान नगर ।

May 3, 2012

गजल १५: आकाशमा छ्यौ

देख्छु तर चुमेकै छैन, जुन आकाशमा छ्यौ ।
मैले चाहेको सुगन्धित, सुन आकाशमा छ्यौ ।।

लाग्छ नरमाइला यि समय तिमी बिना
बाचेको छु निर्जिब भै, खुन आकाशमा छ्यौ ।

मैले जिउछु उदासी, चिसा रातहरुमा
कसोगरि हुन्छ न्यानो ! ऊन आकाशमा छ्यौ ।

जिद्धि नगर पियारी सुन्छु सुन्छु भनेर
यहाँ के बन्छ प्रेम गीत ! धुन आकाशमा छ्यौ ।


(C) jhaluck

April 26, 2012

गजल १४: तिम्रै झझल्को

एकान्तमा हुँदा पनि तिम्रै झझल्को ।
बिरहले रूँदा पनि तिम्रै झझल्को ।।

प्यासी साह्रै बनेछु कि प्यारो स्पर्शको
बतासले छुँदा पनि तिम्रै झझल्को ।

हत्केला यि मायाले सुम्सुमाएका
पधेँरीमा धुँदा पनि तिम्रै झझल्को ।
(c)jhaluck

March 21, 2012

मुक्तक १३: नरमाइलो भो


तिमी छैनौ, यो साँझ नरमाईलो भो ।
मेरी भैनौ, यो साँझ नरमाईलो भो ।।
सँगै छन चिज, तिम्रो याद गराउने
केहि लैनौ, यो साँझ नरमाईलो भो ।।। ♥♥ 
©jhaluck


मुक्तक १२: मेरै गल्ति

तिमी पत्थर, म सिसा निँउ खोज्नु मेरै गल्ति !
मरभुमीमा गुलाबको बिउ खोज्नु मेरै गल्ति !!
परिपक्व हुन खोज्दा आज आँफै पोलिएँ
भर्भराउँदो आगो माझ घिउ खोज्नु मेरै गल्ति ! ♥♥
©jhaluck

March 7, 2012

गजल १३: जिन्दगी

खुसी थोरैथोरै नत्र पिर जिन्दगी ।
हुन्नरैछ चमत्कार इस्थिर जिन्दगी ।।

उफ्रिन उन्मुक्त भै मृगसावक झैँ
कहाँ छ र समथर ! भिर जिन्दगी ।

March 6, 2012

haPpi h0li


तिमी हामी मिलीजुलि आउ आज होली खेलौँ ।
सारा गाँउघर डुली आउ आज होली खेलौँ ।।
रंगले रंगाएर मेलमिलापको यो चाड
एकआपसका द्वेष भुलि आउ आज होली खेलौँ ।
(c) jhaluck

March 5, 2012

गजल १२: अप्ठ्यारो छ

आँधिजस्तै उर्लिने मन छेक्न अप्ठ्यारो छ ।
कल्पनाको टुँडिखेलमा टेक्न अप्ठ्यारो छ ।।

मनै चंगा हुनेगरि मनका भावनाहरू
मिलाएर भाका सुन्दर लेख्न अप्ठ्यारो छ ।