सुरुवात गरुम् न आफुलाइ महान पत्रकार ठान्ने अलपत्रकार बिजयकुमारका शैलिमा :-
आजपनि सदाका बन्दहरुमा झैँ हिँडेरै कार्यालय आउनुपर्ने भयो । केहि बाध्यता र केहि रहरमा सम्बन्धित ठाँउ आइपुगेँ । त्यसबिचमा मैले यो बन्दका प्रभावहरुबारे आफैँभित्र एउटा बहस उत्पन्न गराउने प्रयत्न गरेँ सायद सफल पनि भएँ हुँला । म सकारात्मक सोच भएको मानिस भएकाले मैले बन्दका सकारात्मक पक्षहरुको आँकलन गरेँ । करिब आधा घण्टाको त्यस हिँडाइमा मैले धेरै बटुवाहरु मजस्तै हिँडिरहेका देखेँ । बन्दकर्ता पनि फाट्टफुट्ट देखेँ । सुरक्षाकर्मी साथीहरु पनि लस्करै बसेका भेटेँ । मैले त्यहाँ गरेका कुराकानी सुन्दा मलाइ लाग्छ नेपालीहरु प्रति मेरो बिगतको बिष्लेषण अझै पनि सान्दर्भिक छ ।
मैले बिगतदेखि नै भन्दै आइरहेको छु र फेरि पनि भन्न चाहन्छु कि नेपालीहरु सकारात्मक सोच नै राख्दैनन । सबै कुरालाइ नकारात्मक रुपमा हेर्ने बानीले पनि नेपालको आशातित प्रगति हुन सकेन भन्ने मेरो बिगत २० बर्षदेखि मैले पत्रकारिताका दौरानमा देखेको नेपाल, नेपाली मानसिकता र मेरा केहि अनुभवहरुले बताएका छन ।
मैले यहाँ के जोड दिन खोज्दैछु भने आमनेपालीहरुले सोचेजस्तो बन्द तेति नकारात्मक छैन । होला कुनै सबालहरुमा तर बन्द धेरै कारणले ठिक छ र यसले देश र समग्र बिश्वका नै बिबिध समस्याको निर्मूल गर्न पहलकदमी गर्छ भन्ने नै मेरो अहिलेको बिश्लेषण हो । म यहाँ बन्दका सकारात्मक पक्षहरुलाइ बुदाँगत रुपमा प्रश्तुत गर्न चाहन्छु ।